Home Main Highlight News २१ फागुनलाई लक्षित गर्दै गीत ‘जो आए पनि आयौ तर देश बनाऔँ’ सार्वजनिक
   

२१ फागुनलाई लक्षित गर्दै गीत ‘जो आए पनि आयौ तर देश बनाऔँ’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । यही २१ फागुनमा हुन लागेको संसदीय निर्वाचनलाई लक्षित गरेर गायक तथा संगीतकार रायन बस्यालले नयाँ चुनावी गीत ‘जो आए पनि आयौ तर देश बनाऔँ’को भिडियो सार्वजनिक गरेका छन् । यो भिडियोलाई रायन बस्यालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको रचना रायनले नै गरेका हुन् ।

यो गीतमा रायनलाई समूह गायनमा रेश्मा तामाङ, विमय बस्याल, सुस्मा विश्वकर्मा, नारायण राई, हुमेश भण्डारी र मिलन विश्वकर्माले साथ दिएका छन् । जसमा संगीत र स्वर पनि रायनकै रहेको छ । विश्वास नेपालले संगीत संयोजन गरेको यो गीतलाई विनोद परियारले मिक्सिङ र मास्टरिङ गरेका छन् ।

मुकेश नेपालीले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई निर्देशन पनि रायन बस्याल आफैँले गरेका छन् । बुद्ध थापाले छायांकन गरेको यो भिडियोलाई सुरज कोइरालाले सम्पादन गरेका हुन् ।

भिडियोमा रायनसँगै सुशीला थापा, सञ्चिता बोलखे,सञ्जना गुरुङ, अस्मिता रनपाल, दीपा रनपाल, अर्जुन खड्का लगायतको मुख्य भूमिका छ । गीतको भिडियोमा विभिन्न प्लेकार्ड मार्फत सकरात्मक सन्देश सम्प्रेषण गरिएको छ ।

https://www.youtube.com/watch?v=DIvbHJm4qxQ

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link