Home Uncategorized सितारे जमीन परकाे ट्रेलरमा विशेष क्षमता भएकाहरूकाे कथा

सितारे जमीन परकाे ट्रेलरमा विशेष क्षमता भएकाहरूकाे कथा

by Parda Sansar
A+A-
Reset

एकराज प्रधान

तपाईं चलचित्र केका लागि हेर्नुहुन्छ ? यो प्रश्न गर्दा धेरैको एउटै जवाफ हुनसक्छ : इन्टरटेन्मेन्टका लागि । तर केही चलचित्र खाली इन्टरटेन्मेन्टका लागि मात्रै बन्दैनन्, हाम्रो माइन्डसेटलाई नै सही बाटो देखाउनका लागि बनिरहेको हुन्छ । आमिर खान अभिनित चलचित्र सितारे जमिन पर पनि यस्तै कथामा बनेको चलचित्र हो । जसको ट्रेलर आइसक्दा भाइरल भएको छ । फिल्म भने यही जुन २० अर्थात् नेपालमा असार ६ गते रिलिज हुनेछ ।

१८ वर्ष अघि ‘तारे जमिन पर’ हेर्नेहरु अहिले निक्कै म्याचोड भइसकेका छन् । तर, ‘मेरी माँ’ गीत सुन्दा धेरै जना अझै भावुक हुने गर्छन् । जसमा फरक क्षमता भएका बच्चालाई कसरी हौसला दिने र अर्थपूर्ण जीवन बाँच्न प्रेरित गर्ने भन्ने कथा थियो । एउटा शिक्षकको भूमिका कति महत्वपूर्ण हुनसक्छ भन्ने कुरालाई धेरै शिक्षकहरुले प्रेरणाको रुपमा लिए । त्यो कथासँग यो फिल्मको खासै सम्बन्ध छैन । तर, त्यस्तै भावना जोड्ने पूरै नयाँ कथामा नयाँ एक्सिपेरियन्स गर्न हामीले पाउने भएका छौँ । लगातार थग्स अफ हिन्दुस्तान र लालसिंह चड्डा जस्ता फिल्म फ्लप भएपछि निराश भएका आमिर खानलाई यो फिल्मले कमब्याक गराउने आशा राख्न सकिन्छ ।

सितारे जमिन पर सुन्दा त यो फिल्म तारे जमिन परकै सिक्वेल जस्तो लाग्छ । तर, यो सिक्वेल फिल्म होइन, स्पेनिस फिल्म च्याम्पियनको रिमेक फिल्म हो । सन् २०१८ मा रिलिज भएको च्याम्पियन्सले धेरै अवार्डहरु जितेको थियो भने फिल्म ब्लकबस्टर बनेको थियो ।

ट्रेलर हेर्दा थाहा हुन्छ, एउटा बास्केटबल ट्रेनर छ, जो आफूलाई नर्मल ठानिरहेको हुन्छ, तर उसैलाई डिजेबलहरुले पाठ सिकाइरहेका छन् । एउटा डायलग छ, हामी जित्नको लागि आएका हौँ, कसैलाई बेइज्जत गर्नलाई होइन । फिल्मको क्यानभास र कन्सेप्ट यही डायलगबाट पनि स्पष्ट रहेको छ ।
आमिर खान प्रोडक्सनले बनाएको यो फिल्ममा आमिरलाई साथ दिँदैछिन् जेनेलिया देशमुखले । सुन्नमा आएको छ, यसमा जति पनि कलाकारहरु देखाइएको छ, सबका सब रियल हुन् । यसले फिल्मको ओज र उनीहरुप्रतिको सम्मानलाई अझै उचाइमा र्पुयाउनेछ ।

ट्रेलरको डिस्क्रिप्सनमै भनिएको छ, एक टिंगु बास्केटबल कोच अनि १० तुफानी सितारी और उनकी जर्नी । प्रसन्न आरएसको मेहनतलाई सम्मान छ, जसले फरक क्षमता भएकाहरुलाई हिम्मत दिन यो फिल्म बनाएका छन् । यसबाट नेपाली मेकर्सहरुले पनि इन्स्पिरेसन लिनुपर्छ । स्टारलाई लिँदैमा फिल्म हिट हुने होइन, स्टारलाई चम्काउन पनि जान्नु पर्दछ ।

फिल्ममा हामीले आरुस दत्त, गोपीकृष्ण वर्मा, वेदान्त शर्मा, नमन मिश्र, रिसि सहनी, रिसव जैन, आशिष पेन्डसे, सम्भित देसाई, सिमरन मंगेस्कर, आयुष भन्साली, डली अल्वालिया, गुर्पाल सिंह, ब्रिजेन्द्र काला, अंकिता सेजलको रियल एक्टिङ देख्न पाउनेछौँ । उनीहरुले गर्ने हर्कतले फिल्मलाई रमाइलो मात्रै बनाउने छैन, नयाँ अध्याय पढाउनेछ, रियल लाइफमा सोच बदल्नेछ । समाजले ‘विचरा’ भनेर सोच्ने फरक क्षमता भएकाहरुले चाहिँ समाजलाई कसरी सोचिरहेका छन् भन्ने कुरा हामीले यो फिल्म रिलिज भएपछि थाहा पाउनेछौँ ।

ट्रेलरले फिल्मको बारेमा धेरै कुरा बताएको छ । एउटा बास्केटबल कोच छ, जसले आफ्नो सिनियरलाई हात उठाएपछि ऊ सस्पेन्समा परेको छ । रक्सी पिएर पुलिसको गाडी ठोकेपछि उसलाई सजाय हुन्छ, विशेष क्षमता भएकाहरुलाई बास्केटबल सिकाउने । त्यसपछि उसको हालत के होला, सोचेरै हालत खराब हुन्छ ।

डली अलुवालियाको मोटिभेसन अनि गुर्पाल सिंहको एउटा डायलग छ, ‘आपका नर्मल आपका, उनका नर्मल उनका’ । अर्थात् सबैले आफूलाई साधारण नै सोच्छ । हामीलाई मात्रै असाधारण लागेको हो भन्ने थिम नै मन र्पयो । फिल्ममा अप्ठ्याराहरुको बीचमा पनि जीवन खुशीका साथ कसरी बाँच्ने भन्ने मोटिभेसन ट्रेलर हेरेरै थाहा हुन्छ । अझ पूरा फिल्ममा कस्तो होला । थ्रि इडियटको एउटा डायलग याद आउँछ, ज्ञान जहाँबाट लिँदा पनि हुन्छ । त्यसैले यो फिल्म हेर्दा फरक पर्दैन ।

रिमेकले बलिउडका कलाकारलाई उठाएको पनि छ, लडाएको पनि छ । आमिर पनि यसअघि लालसिंह चड्डामा लडेकै हुन् । के सितारे जमिन परले के गर्ला त्यो भने फिल्म रिलिज भएपछि थाहा भइहाल्नेछ ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link