Home Main Highlight News नविन पन्तको निर्देशनमा चलचित्र ‘बाकस’को छायांकन सुरु
 

नविन पन्तको निर्देशनमा चलचित्र ‘बाकस’को छायांकन सुरु

by Parda Sansar
A+A-
Reset

काठमाडौं । नविन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘बाकस’को छायांकनकाे काम सुरु भएको छ। कास्कीको पर्यटकीय क्षेत्र धम्पुसबाट चलचित्रको छायांकन थालिएको हो ।

पीके इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमा निर्माण हुने चलचित्रमा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउवाला गौतम, धुर्व गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवको अभिनय रहनेछ। यस्तै, बाल कलाकारहरू सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायतकाे पनि चलचित्रमा अभिनय रहनेछ ।

चलचित्रमा महेश पौडेलको छायांकन, किरण दाहालको द्वन्द्व निर्देशन र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ। संगीत दीपक शर्मा र सनम पुरुष राईले तयार पार्नेछन् ।  मणि तामाङ मुख्य सहायक निर्देशक रहेको चलचित्रमा सावन शर्मा, सिर्जना भुजेल र मनिष चौलागाईं सहनिर्देशकका रूपमा छन्। निर्मल न्यौपानेले प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हाल्नेछन् भने ज्योति केसी र निराजन घिमिरेले कस्ट्युम डिजाइन गर्नेछन् ।

सुजिता चौलागाईं निर्माता रहेको चलचित्रमा राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माताका रूपमा रहेका छन्। चलचित्रका कार्यकारी निर्माता धिरेन्द्र पन्त (धिरुभाई) हुन्। चलचित्रको कथावस्तु र प्रदर्शन मितिबारे भने विस्तृत जानकारी सार्वजनिक हुन बाँकी छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link