35
काठमाडौं । विजय बराल स्टारर ‘पूर्णबहादुरको सारंगी’ले एकैदिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रुपमा कीर्तिमान रचेको छ । प्रदर्शनको दशौं दिन शनिबार फिल्मले ३ करोड ८९ लाख ग्रस कमाएको हो ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले फिल्मको १० दिनसम्मको आम्दानी विवरण सार्वजनिक गरेको छ । फिल्मले यो अवधिसम्म देशब्यापी १७ करोड ९८ लाखको कमाइ गरेको छ ।