261
बिर्तामाेड । अभिनेता आर्यन सिग्देल अभिनयमा मात्र होइन, निर्माणमा पनि सक्रिय छन् । उनले २०७५ सालमा ‘कायरा’ निर्माण गरेका थिए । ६ वर्षपछि उनी फेरि फिल्म निर्माणमा फर्किँदैछन् ।
केही दिनअघि आर्यनले इन्स्टाग्राममा स्क्रिप्टका पाना मिलाइरहेको भिडियो सेयर गरेका थिए । फिल्मको नाम सार्वजनिक नगरिएको भए पनि आर्यनले निर्देशनको प्रस्ताव दिनेश राउतलाई गरेका छन् । यसअघि उनीहरुबीच ‘पूजार सार्की’, ‘आई एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’मा सहकार्य भइसकेको छ ।
आर्यन र दिनेश मिल्ने साथी समेत हुन् । दिनेशले आफ्नो करिअरको पहिलो फिल्म (आई एम सरी) नै आर्यनलाई लिएर बनाएका थिए ।
@Filmykhabar.com

