Home Main Highlight News ‘कार्साङ’मा जितुको क्यारेक्टर लुक्स यस्ताे

‘कार्साङ’मा जितुको क्यारेक्टर लुक्स यस्ताे

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र ‘कार्साङ’मा रहने जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक गरिएको छ । पोस्टरमा जितुले डबकामा जाँड बोकेर अनुहार बिगारिरहेको भाव देख्न सकिन्छ ।

यसअघि दयाहाङ राईको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो । यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्र पुस २६ गतेदेखि सिनेमाघरमा आउने भनिएको छ । खासगरी शेर्पा समुदायको संस्कृतिमा आधारित यो चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय रहेको छ ।

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रको देशभर वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link