Home समाचार ‘सिंघम अगेन’लाई ‘भूल भुलैया ३’ ले कमाइको दौडमा पछाडि पार्दै
 

‘सिंघम अगेन’लाई ‘भूल भुलैया ३’ ले कमाइको दौडमा पछाडि पार्दै

by Parda Sansar
A+A-
Reset

कार्तिक आर्यनको ‘भूल भुलैया ३’ ले विस्तारै अजय देवगनको ‘सिंघम अगेन’ लाई पछि पार्दै छ । कार्तिक आर्यनको फिल्मले दोस्रो साताको कमाईको हिसाबले जित निकालेको छ । अब यसको कारण के होला ?  ‘सिंघम अगेन’ किन पछि परेको छ ?  जब भुल भुलैया ३ र सिंघम अगेन नोभेम्बर १ मा रिलिज भएको थियो ।

अधिकांशले कार्तिक आर्यनको फिल्मलाई पछाडि छोड्ने बताएका थिए । ‘भूल भुलैया ३’ बाट राम्रो कमाईको अपेक्षा गरिएको थियो तर ‘सिंघम अगेन’ भन्दा कम । तर अहिलेको अवस्था यस्तै छ, कार्तिक आर्यन अगाडि बढिरहेका छन् । हामीले यो भनिरहेका होइनौँ,  दोस्रो साताको तथ्याङ्कले यही भन्छ ।

‘भूल भुलैया ३’ को दोस्रो विकेन्ड कलेक्सन करिब ४१ करोड र ‘सिंघम अगेन’को ३३ करोडको हाराहारीमा छ । कार्तिक आर्यनले ठूला स्टारको सेनालाई लगातार हराउँदै छन् । दुवै फिल्मको कुल कमाईमा ७–८ करोडको मात्र अन्तर छ । कार्तिकको फिल्मले करिब १९९ करोड र अजयको फिल्मले करिब २०६ करोड कमाएको छ । यो क्रम जारी छ भने भविष्यमा यो पनि बराबर हुनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link