21
झापा । कृशा चौलागाईं निर्देशित चलचित्र पिताम्बरको ‘म त फ्यान भएँ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा प्रदीप खड्का र दिभ्या रायमाझीको जोडीलाई राधा र कृष्णको लुक्समा देख्न सकिन्छ ।
ठूलो क्राउडसहितको गीत भव्य सेटमा सुट गरिएको छ । आनन्द अधिकारी र आशिष अविरलको शब्द रचना रहेको गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको छ । संगीत पनि आशिष अविरलकै रहेको छ ।
चलचित्र यही चैत २९ गते हलहरुमा रिलिज हुँदैछ । चलचित्रमा नेपालका टप स्टारहरु दयाहाङ राई, सौगात मल्ल, प्रदीप खड्का, अनुप विक्रम साही, सुरक्षा पन्त लगायतको मुख्य अभिनय रहेको देख्न सकिनेछ ।