Home Main Highlight News शोभित बस्नेतको चलचित्र ‘पिआर’का दुई पोस्टर सार्वजनिक
 

शोभित बस्नेतको चलचित्र ‘पिआर’का दुई पोस्टर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुने नेपाली चलचित्र ‘पिआर: पर्मानेन्ट रेसिडेन्ट’को आधिकारिक दुई पोस्टर सार्वजनिक भएको छ । यस चलचित्रको निर्देशन शोभित बस्नेतले गर्दैछन् ।

पोस्टरमा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पूजा चौधरी र राजन कुँवरलाई देख्न सकिन्छ । यी कलाकारहरू अडिसन मार्फत छनोट गरिएको बताइएको छ ।

निर्देशक शोभित बस्नेतका अनुसार, यसको ७५ प्रतिशत छायाङ्कन अस्ट्रेलियाका विभिन्न सहरहरूमा र २५ प्रतिशत छायाङ्कन नेपालमा हुनेछ । चलचित्रमा आर ए सुरज पौडेल, राजन कुँवर, पूजा चौधरी, विनीता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स र नवीन घायलले अभिनय गर्नेछन् । चलचित्रका निर्माता ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा हुन् भने एसिया प्यासिफिक इ कलेजका गणेश केसी कार्यकारी निर्माता हुन् ।

यसमा मानस राजको सङ्गीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link