Home गीत/संगीत ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक

‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीमाझ गीत स्क्रिनिङ गरियो ।

युट्युबमा समेत सार्वजनिक गीतमा कर्णाली प्रदेशमा प्रचलित हुड्के नाच समावेश छ । साथै, यसको अडियो देउडा र लोक स्वादमा बुनिएको छ । भिडियोमा मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल फिचर्ड छन् ।

बाबुल गिरीको संगीत र स्वर रहेको गीतको शब्द रचना गोविन्द भट्टले गरेका हुन् । गायनमा शान्तिश्री परियारले गिरीलाई साथ दिएकी छन् । प्रवीण सिंहले खिचेको गीतमा कविराज गहतराजको नृत्य निर्र्देशन छ ।

राजबहादुर साने निर्देशित गीत रिलिज कार्यक्रममा सांसद ज्ञानेन्द्र शाही मुख्य अतिथिको रुपमा सहभागी थिए । गीतजस्तै फिल्म पनि उत्कृष्ट बनेको उनको विश्वास थियो ।

कार्यक्रममा निर्देशक सानेले यो फिल्मले आफ्नो करिअर बदल्ने दाबी गरे । उनले भने, ‘यो हामीले एकदमै दुःखले बनाएको सिनेमा हो । म दाबी गरेर भन्न सक्छु कि ‘सिटामोल’ले मेरो करिअर बदल्नेछ । मैले बनाएको अहिलेसम्मकै राम्रो सिनेमा समेत सिटामोल हो ।’

फिल्ममा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, करण परियार, आराध्या डिसीको अभिनय छ ।

तुलसीदेवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा फिल्म निर्माण गरेको हो । कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भूगोलकुमार कार्की र विकासराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता, गंगाराम श्रेष्ठ सह-निर्माता छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link