Home Main Highlight News कमलमणी नेपालकाे ‘बहुरुपिया’ लुक्स सार्वजनिक

कमलमणी नेपालकाे ‘बहुरुपिया’ लुक्स सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । बौद्धधर्म गुरु तथा निर्देशक जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु)को आगामी फिल्म ‘बहुरुपिया’को पहिलो झलक सार्वजनिक भएको छ । अंग्रेजी नाम ‘पर्फेक्ट गड्’ राखिएको यो फिल्मको महिनौं लामो छायांकन गतसाता सकिएको छ ।

निर्माताले सार्वजनिक गरेको पहिलो झलकमा कमलमणी नेपाललाई ‘क्यारेक्टर लुक्स’मा देख्न सकिन्छ । उनले हाँकिरहेको मोटरसाइकल पछाडि निर्देशक नोर्बु चढेका छन् । अर्को फोटोमा रविन्द्रसिंह बानियाँ र कमलसँग निर्देशक देखिएका छन् ।

‘यो फिल्म एकदमै साधारण अनुभूतिबाट आएको हो’ सहायक निर्देशक अभिषेक बुढाथोकीले गरेको अन्तर्वार्तामा नोर्बुले व्याख्या गरेका छन्, ‘म सधैं त्यस्ता पात्रहरूप्रति आकर्षित भएको छु जो चीजहरू बीच, पहिचानहरू बीच, संसारहरू बीच बाँच्छन् । ती मानिस जो पूर्ण रूपमा फिट हुँदैनन्, तर तिनीहरू प्रदर्शन गरिरहन्छन्, बाँचिरहन्छन् ।’

यो फिल्म सन् २०२४ मा अनलाइनमा डेब्यु भएको ‘पिग एट द क्रसिङ’ र सन् २०१९ मा बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रिमियर भएको ‘द लेडी विथ द फ्याङ्ग्स एन्ड अ मुस्टेच’ पछिको हो ।

उनका अघिल्ला कृतिहरूमा ‘द कप’ (१९९९) समावेश छ, जुन कान्समा निर्देशकहरूको फर्टनाइट खण्डमा प्रिमियर भयो र टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अडिएन्स अवार्ड जित्यो । यससँगै ‘ट्राभलर्स एण्ड म्याजिशियन्स’ (२००३), भुटानमा छायांकन गरिएको पहिलो फिचर ‘वारा : अ ब्लेसिङ’ (२०१३), जसले ट्रिबेका अनलाइन फिल्म महोत्सवमा सर्वश्रेष्ठ फिचर फिल्म जित्यो । ‘हेमा हेमा : सिङ मी अ सङ ह्वील आई वेट“ (२०१६) समावेश छन् ।

‘बहुरुपिया’लाई सोफी पक्र्स, षट्कोण आट्र्सका म्याक्स दिपेश खत्री र तारी रत्न प्रधानद्वारा निर्माण गरिएको हो । भ्यासिली एन्ड्रीभ कार्यकारी निर्माता हुन् । षट्कोण आट्र्सको ब्यानरमा फिल्म निर्माण भएको हो ।

फिल्मको शीर्षकको बारेमा सोध्दा, नोर्बुले आध्यात्मिकताको सम्बन्धमा पूर्णताको अवधारणा प्रतिबिम्बित गरे । ‘के पूर्ण ईश्वर भन्ने कुनै चीज छ ?’ उनले प्रश्न गरे, ‘मेरो लागि, पूर्ण ईश्वर– यदि हामी त्यो शब्द प्रयोग गर्न सक्छौं भने– मानवको आधारभूत भलाइ हुन सक्छ । मलाई लाग्छ, कम्तिमा बौद्ध दृष्टिकोणबाट, पूर्णता भनेको यही हो ।’

नोर्बुले सिनेमामा एक अद्वितीय दृष्टिकोण ल्याउँछन्, जसले बौद्ध दर्शनको गहिरो बुझाइलाई आफ्नो फिल्म निर्माण कलासँग जोड्छ । उनी धेरै विश्वव्यापी गैर–नाफामुखी संस्थामा पनि आबद्ध छन् । एसियाका ६ वटा बौद्ध गुम्बा र संस्थामा उनले १,६०० भन्दा बढी भिक्षुहरूको हेरचाह र शिक्षाको लागि जिम्मेवारी लिएका छन् ।

यो फिल्म अहिले पोस्ट–प्रोडक्सनको चरणमा छ । सन् २०२६ मा अन्तर्राष्ट्रिय फेस्टिभलमा फिल्म प्रिमियर हुने अपेक्षा गरिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link