काठमाडौं । चलचित्र ‘कश्यप’बाट लोकप्रिय टिकटक स्टार आभा ढुंगानाले अभिनेत्रीका रुपमा रजतपटमा डेब्यु गर्ने भएकी छन् ।
निर्देशक दिनेश जी खड्काका अनुसार कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिने सोचका साथ आभालाई चलचित्रमा लिइएको हो । ‘आभाको प्रतिभा तथा परफर्मेन्सलाई ध्यानमा राखेर स्क्रिन-टेस्ट गरेरै फाइनल गरिएको हो’, उनले भने । आभाले यसै चलचित्रका लागि एक्सन दृश्यको विशेष प्रशिक्षण लिइरहेकी छन् ।
यसै चलचित्रमार्फत बालकलाकार रिद्धि खत्रीले चलचित्रमा डेब्यु गर्न लागेकी छन् । अडिसनमार्फत चयन भएकी रिद्धिले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै ‘कश्यप’को महत्वपूर्ण पात्रमा अवसर पाएकी हुन् । उनको अभिनयले चलचित्रलाई नयाँ आयाम दिने निर्माण पक्षको विश्वास छ ।
‘कश्यप’ले दर्शकहरूलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिने आभाको भनाइ छ । यसअघि निर्माण पक्षले एक्सन हिरो सविन श्रेष्ठलाई फिचर गरेर फष्टलुक पोष्टर सार्वजनिक गरिसकेको छ ।