बिर्तामोड । गायिका सुनिता थेगिम र गायक नोगेन लिम्बुको स्वरमा सजिएको गीत ‘च्याब्रुङको तालैमा’ भिडियो सहित सार्वजनिक गरिएको छ।
लिम्बु संस्कृतिमा च्याब्रुङको विशेष महत्व रहेको छ। यही सांस्कृतिक भावनालाई आत्मसात् गर्दै गीत तथा भिडियो निर्माण गरिएको निर्माण टोलीले जनाएको छ।
Gunyo Cholo – The Dress REVIEW | Najir Hussen | Parda Sansar – Ekraj Pradhan #nepalimovie
गीतमा बिष्णु किराँतीको शब्द र अनील कोयीराइको संगीत रहेको छ। भिडियोको निर्देशन किरण राईले गरेका छन् भने छायांकन दिलिप थाम्सुहंग लिम्बु र सम्पादन स्वयं किरण राईकै रहेको छ ।
Life in village l Gaugharma yastai hunxa ki hamro tira matra ho 😆 l Dhanbari ma Bauni Saag l
भिडियोमा सरोज खालिंग राई, अनुषा राई, सागर केरुङ्ग, निशान लुइंटेल, समिर जाबेगु, तुलषा लिम्बु, ससिता राई र सरिता हंस्रुम्बाको दमदार अभिनय देख्न सकिन्छ। भिडियो नोगेन हंस्रुम्बा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।