बिर्तामोड । सेभेन सिज सिनेमाको ब्यानरमा बनेको चलचित्र ‘अभिमन्यु – च्याप्टर १’ को टाइटलर् याप गीत सार्वजनिक गरिएको छ । आगामी भदौ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको यस गीतमा व्योमाको स्वर, शब्द र संगीत रहेको छ ।
महेन्द्र बाठाले संगीत भरेको गीतको भिडियो सम्पादन, रंग संयोजन र छायांकन योगेश दाहालले गरेका हुन् । गीतमा कथानकको रहस्यको कुरा गरिएको छ । चलचित्र ‘अभिमन्यु -च्याप्टर १’ मा कामेश्वर चौरसिया, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, सरिता गिरी, प्रकाश दाहाल, किरण श्रेष्ठ, सुष्मा निरौला, शिशिर वाङ्देल, अनिल कुर्मी, आवा प्रधान, टिका निरौला, शारदा गिरी, सेबिता अधिकारी, तुफान थापा, गणेश प्रसाद पौडेल, विजय नेपाल, बिमल यादव, राजा शंकर गिरी र अञ्जली शाह लगायतको अभिनय रहेको छ । साथै जूनियर आर्टिस्टमा प्रिन्स शाह र अन्सु महतो छन् ।
चलचित्रको लेखन मुकेश खनालले गरेका हुन् भने निर्देशन सुशान्त गौतमले गरेका छन् । निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह-निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, निराजन लुइटेल र सन्देश श्रेष्ठ छन् । सम्पादन सुरेन्द्र जेडी पौडेल र मदन घिमिरेले गरेका छन् । छायांकन शरद महतोको छ भने चलचित्रका क्रिएटिभ डिरेक्टर मदन थापा हुन् ।