Home समाचार मिसेस पूर्वेली आइकनका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट, फाइनल असोज २५ गते

मिसेस पूर्वेली आइकनका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट, फाइनल असोज २५ गते

by Parda Sansar
A+A-
Reset

इटहरी । विवाहित महिलाहरूलाई प्रतिभा र सौन्दर्यसँगै सशक्तीकरणको प्लेटफर्म दिने उद्देश्यले सुरु गरिएको ‘मिसेस पूर्वेली आइकन’ दोस्रो संस्करण चलिरहेको छ । जसअन्तर्गत बुधबार इटहरीमा ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।

ट्यालेन्ट राउन्डमा फाइनलमा प्रवेश गरेका ११ प्रतिस्पर्धीले आ-आफ्नो प्रस्तुति दिँदै दर्शक र निर्णायकलाई प्रभावित पारेका छन् । प्रतिस्पर्धीहरुमा सीमा लकान्द्री, समिता राई, अर्चना सिटौला र सिता पुरीले नृत्य प्रस्तुत गरेका थिए । इशा चौधरीले थारु नृत्य प्रस्तुत गरेकी थिइन् । परिना राईले ‘आमा’ शीर्षकको कविता सुनाइन् भने उर्मिला मगरले जेनजी आन्दोलनका क्रममा मारिएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने कविता प्रस्तुत गरिन् ।

यस्तै मेघा खड्काले राष्ट्रिय गीतमा नृत्य, कविना पोख्रेलले गायन, सृजना लिम्बूले हास्यव्यङ्ग्य प्रस्तुत गरिन् । आयोशा कुँवरले विभिन्न परिकार बनाएर आफ्नो कला देखाइन् । कार्यक्रमको अन्त्यमा निर्णायक गायिका गंगा गौतमले आफ्नै गीत प्रस्तुत गरेर प्रतिस्पर्धीहरूलाई झुमाएकी थिइन् ।

निर्णायक मण्डलमा डान्स कोरियोग्राफर वसन्त बस्नेत, ओपन स्पेस प्रालिकी सिइओ सजिना श्रेष्ठ, इटहरी जेसिसका पूर्व अध्यक्ष योगेन्द्र पौडेल र गायिका गंगा गौतम रहेका थिए । ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको कोरियोग्राफरमा शुभेक्षा कार्की रहेकी छन् ।

निर्देशक सरोज श्रेष्ठका अनुसार फाइनलिस्टहरूलाई सौन्दर्यता, व्यक्तित्व विकास, ज्ञानवर्धन रर् याम्प वाकसम्बन्धी तालिम दिइँदैछ । आयोजकले प्रतियोगितालाई सौन्दर्य प्रदर्शन मात्र नभई महिला सशक्तीकरणको एउटा महत्वपूर्ण माध्यमको रूपमा अघि बढाउने उद्देश्य रहेको जनाएको छ । ‘मिसेस पूर्वेली आइकन’ दोस्रो संस्करणको ग्राण्ड फिनाले यही असोज २५ गते इटहरीमै हुनेछ । विजेताले १ लाख रुपैयाँ बराबरका विभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।

 

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link