68
बिर्तामोड । रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘मुगलान’को टिजर सार्वजनिक भएको छ ।
टिजरमा फिल्मको कथावस्तुबारे संक्षिप्त जानकारी दिइएको छ । आर्थिक अभाव झेलेका एउटा युवक परिवारलाई सुखमा राख्ने सपना देखेर श्रम गर्न भारत पुग्छ । त्यहाँ उसले पाएको दु:खलाई टिजरमा देख्न सकिन्छ ।
फिल्ममा प्रभात पाल र स्मारिका ढकालको शीर्ष भूमिका छ । सँगै श्री शिवांशु, दिनेश डिसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, खड्गबहादुर पुन (खबपु), राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम, सबिन बाँस्तोला लगायतको अभिनय छ ।
आशिष ढकालको पटकथा र निर्देशनमा निर्माण भएको यस चलचित्रको निर्माता गोमन सिंह रहेका छन् । यो फिल्मको सहायक निर्मात्री रीता चौधरी हुन् । ‘मुगलान’ पुस १० गतेबाट हलमा लाग्ने तयारी रहेको छ ।

