काठमाडौं । चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा उनले सुनिलकुमार थापालाई पराजित गरेका हुन् । सुब्बाले १५३ मत पाउँदा थापाले १२७ मत पाएका थिए ।
यता महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भएका छन् । लामिछानेले १५२ मत पाउँदा प्रत्यासी किरण नेपालीले १२५ मत पाएका छन् ।
त्यस्तै, सचिव पदमा युवराज गिरी निर्वाचित भएका छन् । गिरीले १५९ मत पाउँदा यता किसान पोखरेलले ११२ मत प्राप्त गरेका छन् ।
सोमबार काठमाडौँमा आयोजित संघको १९ औं वार्षिक साधारण सभाको क्रममा नयाँ कार्यसमितिको लागि चुनाव गरिएको थियो । अन्य पदका पदाधिकारी तथा सदस्यहरु भने सर्वसम्मत चुनिएकाका छन् । उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई, कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए ।
त्यस्तै, ९ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत भएका छन् । सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित छन् ।

