Home Main Highlight News सामन्था रुथ प्रभुले गरिन् राज निदिमोरुसँग विवाह
 

सामन्था रुथ प्रभुले गरिन् राज निदिमोरुसँग विवाह

by Parda Sansar
A+A-
Reset

दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु र निर्देशक राज निदिमोरुले सोमबार बिहान विवाह गरेका छन् । हिन्दूस्तान टाइम्सले यसबारे समाचार लेखेको छ ।

स्रोतले बताएअनुसार विवाह सोमबार बिहान ईशा योग केन्द्र भित्र रहेको लिंग भैरवी मन्दिरमा विवाह भएको थियो । विवाहमा ३० जना मात्र पाहुना उपस्थित रहेको उल्लेख छ । विवाहमा सामन्थाले रातो साडी लगाएकी थिइन् ।

आइतबार राति अबेरसम्म यी दुई विवाहको तयारीमा छन् कि छैनन् भन्ने बारेमा अड्कलबाजी सुरु भएको थियो । राजकी पूर्वपत्नी श्यामली डेले आफ्नो इन्स्टाग्राम स्टोरीमा ‘हताश मानिसले हताश काम गर्छन्’ भन्ने रहस्यमय अभिव्यक्तिसहितको स्टाटस पोस्ट गरेकी थिइन्, जसले गर्दा धेरै आश्चर्यचकित भए । श्यामली र राजले सन् २०२२ मा सम्बन्धविच्छेद गरेका थिए ।

सन् २०२४ को सुरुवातमा राज र सामन्थाको बढ्दो निकटताको बारेमा चर्चा सुरु भएको थियो । विगत एक वर्षमा, सामन्थाले सामाजिक सञ्जालमा राजसँगका फोटो पोस्ट गर्दै सावधानी अपनाएको बताएकी थिइन् ।

सामन्थाको पहिले विवाह अभिनेता नागा चैतन्यसँग भएको थियो । यद्यपि, विवाह गरेको ४ वर्षपछि उनीहरू अलग भए र उनले अभिनेत्री शोभिता धुलिपालासँग विवाह गरे ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link