Home Main Highlight News मिस कोस्मोको ‘राष्ट्रिय पोशाक’ प्रतिस्पर्धामा नेपाल उत्कृष्ट १५ मा
 

मिस कोस्मोको ‘राष्ट्रिय पोशाक’ प्रतिस्पर्धामा नेपाल उत्कृष्ट १५ मा

by Parda Sansar
A+A-
Reset

भियतनामको हो चि मिन्ह सहरमा सातायता सौन्दर्य प्रतियोगिता ‘मिस कोस्मो’ भैरहेको छ । प्रतियोगिताअन्तर्गत विभिन्न विधामा सुन्दरीले प्रतिस्पर्धा गरिरहेका छन् ।

‘मिस नेपाल कोस्मो’ दीपशिखा नेपालले मुलुकको प्रतिनिधित्व गरिरहेकी छिन् । दुईवर्षदेखि सुरु भएको ‘मिस कोस्मो’ को यो दोस्रो संस्करण हो भने नेपालको सहभागिता पहिलोपटक हो ।

‘राइजिङ ड्रयागन’ थिममा आयोजित प्रतियोगिताअन्तर्गत आइतबार ‘बेस्ट कार्निभल’ अर्थात कस्ट्युम प्रतिस्पर्धा आयोजना भयो । जुन विधामा नेपाल टप १५ भित्र समावेश भएको छ ।

‘उत्कृष्ट १५ मा पर्नु पनि नेपालको लागि राम्रै सम्मान हो । अहिलेसम्म नेपाली ब्युटी पेजेन्टको इतिहासमा नेपाल नेसनल कस्ट्युमको टप १५ मा परेको मलाई थाहा छैन’ द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले भने ।

गोरखाको सम्पदा र विरासतबाट प्रभावित भएर फेसन डिजाइनर सोनम सुब्बाले पहिरन डिजाइन गरेकी हुन् । गोरखा दरबारको आँखी झ्यालबाट प्रेरणा लिएर आफूले कस्ट्युम डिजाइन गरेको उनले बताएकी छन् । २० डिसेम्बरमा ग्रान्ड फिनाले हुनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link