झापा । चलचित्र तेल भिसाको दोस्रो गीत ‘तुकुनको मुकुन मनर्पया’ रिलिज भएको छ ।
मंसिर ७ गतेलाई रिलिज लक्ष्य राखिएको फिल्मको नचाउने किसिमको गीत रिलिज भएको हो । पुराना जमानामा बज्ने टाइपको संगीत सुन्दा रमाइलो लाग्छ । विशेष गरी शान्तिश्री परियार र सैराज खातीको मीठो आवाज र राजन ईशानको बलियो एरेन्जमेन्टले अडियोलाई पावरफूल बनाएको छ । गीतको शब्द रचनामा कृष्ण भारद्धाज, निर्भिकल्पम, शंकर अधिकारी, नवीन बिकेको नाम छ ।
गीतमा बृद्ध बनेका विपिन कार्की र पूजा चन्दको जोडी सुहाउँदो देखिएको छ । गीतमा बुद्धि तामाङलाई पनि देख्न सकिन्छ । शंकर घिमिरेको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा बर्षा राउतको पनि मुख्य अभिनय रहेको छ । लामो समयको अन्तरालपछि अभिनेत्री पूजा चन्द र ऋचा घिमिरेले यो फिल्म मार्फत कमब्याक गर्दैछन् । चलचित्रको निर्माता अनिल पाण्डे, शिवराज कार्की रहेका छन् ।