Home सानो पर्दा सत्य घटनामा बनेको सिरियल ‘जार’ प्रशारणमा

सत्य घटनामा बनेको सिरियल ‘जार’ प्रशारणमा

by Parda Sansar
A+A-
Reset

झापा ।  केहि बर्ष अघि सम्म नेपाली टेली सिरियल हेर्नको लागी टेलिभिजनको समय कुरेर बस्नु पर्ने अवस्था थियो। अहिले प्रविधिको विकास संगै यु ट्युब च्यानलले गर्दा दैनिक थुप्रै नयाँ नयाँ टेली सिरियलहरु सार्वजनिक हुने गरेका छन्। दर्शकले पनि आफुलाई मन पर्ने सिरियल रोजेर हेर्न पाएका छन्। यसै क्रममा सामाजिक कथामा निर्माण गरिएको सिरियल’जार’यु ट्युब मार्फत सार्वजनिक गरिएको छ।

नगेन्द्र नेपालले निर्देशन गरेको सिरियल क्रियटिभ आवर प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। सत्य घटनामा बनेको भनिएको सिरियलमा समिर सुवेदी,सुदिपजंग कार्की,अन्जली माझी,नसिव मुखिया ,राजु खरेल,माया देवी सिटौला,सुष्मा श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ।

सुबाष लिम्बुले छायांकन सम्पादन गरेको सिरियल झापा जिल्लाको विभिन्न ठाउँमा छायांकन गरिएको छ। प्रत्येक शुक्रवार सांझ प्रशारण हुने सिरियल ५० भाग सम्म निर्माण गरिने निर्माण पक्षले जानकारी गराएको छ। झापा जिल्लाकै सत्य घटनालाई सिरियल मार्फत थुप्रै दर्शक माझ पुर्याउने उदेश्यले सिरियल निर्माण गरिएको निर्माण टिमले बताए।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link