Home Main Highlight News वेब सिरिज ‘साहु बा’ को ट्रेलर सार्वजनिक
   

वेब सिरिज ‘साहु बा’ को ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । वेब सिरिज ‘साहु बा’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरले सिरिजको कथावस्तु क्राइम, एक्सन र रिभेन्ज (बदला) मा केन्द्रित रहेको स्पष्ट रूपमा देखाउँछ। म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा तयार भएको यो सिरिजमा विजु पार्कीले मुख्य पात्रका रूपमा अभिनय गरेका छन्।

ट्रेलरमा एक्सन दृश्यहरू, प्रहरी अनुसन्धान प्रक्रिया तथा पात्रहरूबीचको द्वन्द्वलाई उच्चस्तरीय सिनेमेटोग्राफीमार्फत प्रस्तुत गरिएको छ। बदलाको आगोमा जलिरहेको एक युवाको संघर्ष र उसले सामना गर्नुपर्ने आपराधिक सञ्जाललाई ट्रेलरमा मुख्य रूपमा देखाइएको छ। आगो, हतियार तथा अस्पतालका दृश्यहरूले सिरिजमा सस्पेन्सको मात्रा उच्च रहने संकेत गर्छन्।

नेपाली वेब सिरिजहरू प्राय संवादमा बढी केन्द्रित हुने गरेकोमा ‘साहु बा’ ले एक्सनलाई प्राथमिकता दिएको देखिन्छ।  निर्देशक एवं लेखक सुजोय योङका अनुसार यो सिरिज कुनै सामान्य प्रोजेक्ट मात्र नभई नेपाली डिजिटल जगतकै एक महत्वाकांक्षी काम हो। यसमा ३८० भन्दा बढी कलाकारले अभिनय गरेको निर्माण पक्षको दाबी छ। २४ एपिसोडको यस सिरिजको निर्माणमा करिब तीन वर्षको समय लागेको निर्माण पक्षले जनाएको छ।

सिरिजमा विजुसहित प्रियंका कार्की, कविता नेपाली, सरिता गिरी, नम्रता श्रेष्ठ, अमित शाह, अमित गिरी, प्रियंका चौधरी, हिना नगरकोटी, नरेश वीर सिंह, बिमल पुरी, रमेश अधिकारी, प्रदीप बाँस्तोला, कृष्ण भक्त महाजनलगायत नेपाली फिल्म तथा रंगमञ्चका चर्चित कलाकारहरूको अभिनय छ।

आयुषमान डी जोशी, संगम राई र अनिश तामाङ छायाँकार रहेको यस सिरिजको सम्पादक रामप्रसाद चौधरी हुन्। सागर आले, मिस्टर डी र उजन शाक्यको गीत रहेको सिरिजमा पेमा लामा र राजु तामाङको द्वन्द्व निर्देशन छ।

‘साहु बा’ १७ अप्रिल (बैशाख ४ गते) देखि प्रसारण हुनेछ।दर्शकले साँझ ६ बजेदेखि मोमो एपमा सम्पूर्ण एपिसोडहरू हेर्न सक्नेछन् भने साप्ताहिक रूपमा म्युजिक नेपाल इन्टरटेनमेन्टको युट्युब च्यानलबाट पनि सार्वजनिक गरिनेछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link