Home समाचार अग्रसेन भवन बिर्तामोडको २५ औँ साधारण सभा सम्पन्न, रजत महोत्सवको लोगो सार्वजनिक

अग्रसेन भवन बिर्तामोडको २५ औँ साधारण सभा सम्पन्न, रजत महोत्सवको लोगो सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । सेवा, संगठन र अध्यात्ममा समर्पित अग्रसेन भवन बिर्तामोडको २५ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सोही अवसरमा संस्थाको रजत महोत्सवको लोगो प्रमुख अतिथि एवम् भवनका पूर्व कोषाध्यक्ष हरिशंकर अग्रवालले अनावरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद विशेष आमन्त्रित सदस्य अरविन्द कुमार मितल र रोटरी क्लव अफ बिर्तामोड मिड टाउनका अध्यक्ष राजेन्द्र कुमार गोयलको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै, नेपाल अग्रवाल महिला मञ्च बिर्तामोडकी अध्यक्ष दीपा खेडिया, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहन मितल, बालाजी मन्दिर निर्माणकर्ता इन्द्रचन्द बिन्दलको आतिथ्यता रहेको थियो । आफ्नै सभाहलमा सम्पन्न सभाबाट अग्रसेन भवन र सो अन्तर्गतको श्री बालाजी धाम को २०८०/०८१ को प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन समेत पारित भएको छ ।

वर्ष २०८१/०८२ लाई संस्थाको रजत महोत्सव वर्षको रूपमा वर्ष भरी सेवा, संगठन, तालिम, आँखा शिविर, कृत्रिम खुट्टा शिविर, रक्तदान शिविर र संस्थालाई आत्मनिर्भर बनाउनेतर्फका विभिन्न कार्यक्रम गर्ने लक्ष्य राखिएको संस्थाका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले बताउनुभयो । उहाँका अनुसार धार्मिक अनुष्ठान गर्ने, स्मारिका प्रकाशन गर्ने र नव निर्मित माथिल्लो तलाको भवन समुद्घाटनको कार्यक्रम समेत रजत वर्ष अन्तर्गत नै गर्ने कार्यक्रम रहेको छ ।

भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ को अध्यक्षतामा सम्पन्न साधारणसभाको सञ्चालन सचिव श्री दिपेन्द्रकुमार मितलले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष रमेश अग्रवालले भवन र बालाजी धामको प्रतिवेदन, सहसचिव सुजित वंशलले भवनको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सदस्य मांगीलाल जिन्दलद्वारा आस्था वाचन गराइएको थियो ।

सभामा मारवाडी सेवा समिति बिर्तामोड का अध्यक्ष मोहन मित्तल, विशेष अतिथि अरविन्द कुमार मितल, राजेन्द्र कुमार गोयल, बालाजी मन्दिर निर्माण कर्ता इन्द्रचन्द बिन्दल, संस्थापक अध्यक्ष सुरेश वंशलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

आगामी असोज १९ गते श्री अग्रसेन महाराजको को ५१४८ औं जयन्तीको अवसरमा परोपकार वृद्धाश्रम बिर्तामोडमा दिवा भोजन, निबन्ध प्रतियोगिता, एसइई का उत्कृष्ट विद्यार्थी-अभिभावकलाई पुरस्कार, मुक्ति चौकमा दिव्य दिपावली गर्ने कार्यक्रम रहेको संस्थाका सचिव दिपेन्द्रकुमार मित्तलले जानकारी दिनुभयो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link