बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लब झापाले दसैँकाे अवसरमा पत्रकारहरूबीच सद्भाव बढाउने उद्देश्यले झापा मिडिया कप २०८१ को आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा झापाका ६ वटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले बताए । उनका अनुसार प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहित ७ टिम सहभागी हुनेछन् ।
प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ । त्यस्तै द्वितिय पुरस्कार १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको खेल संयोजक नारायण अर्यालले जानकारी दिएका छन् ।
यसैबिच आयोजकले लक्कीड्र मार्फत खेल तालिकासमेत सार्वजनिक गरेको छ । असाेज १७ गते पहिलो चरणका ३ खेल हुनेछन् । तालिका अनुसार पहिलो खेलमा आयोजक बुद्धशान्ति र अर्जुनधारा प्रेस क्लब, कनकाई प्रेस क्लब र भद्रपुर प्रेस क्लब, मेचीनगर र दमक पत्रकार मञ्च बीच प्रतिस्पर्धा हुनेछ । नेपाल खेलकुद पत्रकार मञ्च झापा (एनएसजेएफ) शाखा भने सिधै लक्की ड्र मार्फत सेमिफाइनलमा प्रवेश गरेको छ । एनएसजेएफले कनकाइ र भद्रपुरमध्ये विजेतासँग सिधै सेमिफाइनल खेल्नेछ ।
प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैँया खर्च हुने अनुमान गरिएको प्रेस क्लब बुद्धशान्तिका सचिव रोसन भट्टराईले जानकारी दिएका छन् । घटस्थापनाको दिन र भोलिपल्ट हुने प्रतियोगिता बुद्धशान्ति १ स्थित होक्सेमा रहेको त्रिभुवन माविको खेलमैदानमा आयोजना हुने प्रेस क्लबका निवर्तमान अध्यक्ष आयाुस निरौलाले बताएका छन् । पत्रकार सम्मेलनमा क्लबका पूर्व सचिव दिपेन लावती, क्लबका पदाधिकारी तथा झापाली सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।