Home Main Highlight News ‘पुष्पा २’ मंसिर २० मै रिलिज हुने

‘पुष्पा २’ मंसिर २० मै रिलिज हुने

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ डिसेम्बर ५ (मंसिर २० गते) मै रिलिज हुने भएको छ । यसअघि ६ डिसेम्बरमा रिलिज हुने तयारीमा रहेको सिनेमा अब एक दिन अगाडि नै रिलिज हुने भएको हो ।

डिसेम्बर ५ बिहीबार दक्षिण भारतमा सार्वजनिक बिदा भएकाले सोही बिदाको फाइदा लिने उद्देश्यले एक दिन अगाडि नै सिनेमा रिलिज गर्न लागिएको निर्माण कम्पनीले वितरक र निर्माताको पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो । नयाँ रिलिज मिति सहित पोस्टर समेत सार्वजनिक गरिएको छ ।

बिहीबार सार्वजनिक गरिएको पोस्टरमा सिनेमाका मुख्य अभिनेता अल्लु अर्जुन मात्रै देखिएका छन् । पोस्टरमा उनी शिगार तान्दै पेस्तोल हेरिरहेको अवस्थामा चित्रित छन् । यससँगै यो सिनेमाको नेपाल वितरण पनि कन्फर्म भएको छ । सिनेमालाई नेपालमा ए-एट्, डिसिएन र आरआर फिल्मस्ले वितरण गर्नेछन् ।

मैत्री मुभी मेकरको व्यानरमा निर्माण भएको सिनेमालाई सुकुमारनले निर्देशन गरेका हुन् । सिनेमा अल्लु अर्जुनसँगै रश्मिका मन्दना, फहाद फासिल, सुनिल, जगदीश प्रताप भण्डारी, अनुसुया भारद्धाज, राव रमेश, अजय घोष, जगपथी बाबु, प्रकाश राज, धनन्जय लगायतका कलाकरको अभिनय रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link