Home ठूलो पर्दा अर्चना पूरन सिंहको युट्युब च्यानल ह्याक भएपछि…

अर्चना पूरन सिंहको युट्युब च्यानल ह्याक भएपछि…

by Parda Sansar
A+A-
Reset

बलिउड अभिनेत्री अर्चना पूरन सिंह पछिल्लो समय कपिल शर्माको शोमा देखिरहेकी छन्।

उनले हालै युट्यबमा भ्लगिङ च्यानल सुरू गरेकी छन्। तर सुरूआत राम्रो भएन। किनकी उनको च्यानल ह्याक भयो।

अर्चनाले आफ्नो इन्स्टाग्राममा एउटा भिडिओ सार्वजनिक गर्दै युट्युब च्यानल ह्याक भएको जानकारी दिएकी हुन्।

‘मैले हिजो आफ्नो नयाँ युट्युब च्यानल लन्च गरें। तपाईहरूले धेरै माया दिनुभयो। केही घण्टामै लाखौं भ्युज आयो। तर हिजै राति २ बजे मेरो युट्युब च्यानल कसैले ह्याक गरिदिए। अहिलेसम्म बुझ्न सकेको छैन कि किन त्यो भिडिओ डिलिट गरियो,’ उनले भनेकी छन्।

उनले अगाडि भनेकी छन्, ‘मेरो युट्युब च्यानल केही घण्टामै भाइरल भयो। तपाईले मलाई र मेरो परिवारलाई दिनुभएको मायाको लागि धन्यवाद। कृपया यसलाई यसरी नै राखी राख्नुहोस्। अब मेरो च्यानल फिर्ता ल्याउन मेरो टोली र युटयुब टोली मिलेर काम गरिरहेका छन्। मलाई आशा छ मेरो च्यानल एक वा दुई दिनमा फिर्ता हुनेछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link