Home Main Highlight News ‘अञ्जिला’ सातौँ सातामा, कमायो ७ करोड ५० लाख

‘अञ्जिला’ सातौँ सातामा, कमायो ७ करोड ५० लाख

by Parda Sansar
A+A-
Reset

झापा । गत फागुन २९ मा प्रदर्शन भएको फिल्म ‘अञ्जिला’ पाँचौँ सातामा प्रवेश गरेको छ । फिल्मले अहिले पनि देशभर करिब ५० शो प्राप्त गरिरहेको निर्माण टिमले जनाएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयको बक्स अफिस रिपोर्टअनुसार फिल्मले अहिलेसम्म ७ करोड ५० लाख ग्रस कलेक्सन गरिसकेको छ । फिल्म हलमा चलिरहेकोले केही व्यापार अझै बढ्ने टिमको अपेक्षा छ ।

मिलन चाम्स निर्देशित फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित छ । फिल्मको मुख्य भूमिकामा एञ्जिला स्वयम् रहेकी छन् । फिल्ममा उनको बाल्यकालदेखि खेल जीवनमा गर्नुपरेको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ ।

लचित्रले सम्बन्धहरुको महत्व र कथा पनि बोलेको छ । एञ्जिलासहित फिल्ममा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायतका कलाकारहरूको अभिनय छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link