Home ठूलो पर्दा सशान कँडेलको निर्देशनमा ‘बाउ भर्सेस छोरा’ निर्माण हुने

सशान कँडेलको निर्देशनमा ‘बाउ भर्सेस छोरा’ निर्माण हुने

by Parda Sansar
A+A-
Reset

काठमाडौं ।  सशान कँडेलको निर्देशनमा सिनेमा ‘बाउ भर्सेस छोरा’ बन्ने भएको छ । निर्माण टिमले बुधवार बिहान सामाजिक सन्जाल मार्फत उक्त सिनेमाको घोषणा गरेको हो ।

सम्मान इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यश सिनेमाले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक सशान कँडेलले बताएका छन् ।

सिनेमाको थप विवरण, कलाकार चयन, छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समयबारे निर्माण टिमले चाँडै जानकारी दिने बताइएको छ । यस सिनेमाका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । सिनेमाको स्क्रिप्टको अन्तिम चरणमा काम भइरहेको जनाइएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link