Home Main Highlight News बिर्तामोडमा महानायकसहित नरसिंहाको टिम

बिर्तामोडमा महानायकसहित नरसिंहाको टिम

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । महानायक राजेश हमालसहित चलचित्र नरसिंहा अवतारको टिमले सोमबार बिर्तामोडमा दर्शकसँग भेटघाट गरेका छन् । शुक्रबारबाट रिलिज भएको चलचित्रको दर्शकसँग प्रतिक्रिया लिँदै महानायकसहित अभिनेता राज कटुवाल, अभिनेत्री सनिशा भट्टराई, निर्माता–निर्देशक छविराज ओझा, नरेन्द्र महर्जनलगायत नरसिंहा अवतारको टिम झापा आइपुगेको हो ।

दर्शकबाट चलचित्रको राम्रो प्रतिक्रिया पाइरहेको महानायक राजेश हमालले बताउनु भयो । उहाँले दर्शकको रुची अनुसारकै फिल्म बनेको बताउँदै गलत प्रवृत्तिबाट भइरहेको राजनीतिले पारेको अप्ठ्यारो र सम्बन्धहरुको कथा चलचित्रमा रहेको बताउनुभयो । टिमले बिर्तामोडमा रहेको क्युएफएक्स सिनेमा हल र पाथिभारा सिने प्लाजामा चलचित्र हेरिरहनुभएका दर्शकहरुलाई भेट गरेको थियो ।

भेटघाटमा नेपाल साँस्कृतिक महासंघ झापा अध्यक्ष कुमार सिलवाल र सुनिता तामाङले सहजीकरण गर्नुभएको थियो । चलचित्रमा सरोज खनाल, अर्जुन श्रेष्ठ, नीर शाह, नीति शाह, दीपा शाही, उषा खड्गी, बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाको अभिनय रहेको छ । नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले चलचित्रलाई संयुक्त रुपमा निर्माण गरेका हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link