काठमाडौं । सिनेमा ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज निर्माणपक्षले शुभमुहूर्त गरेको हो । शुभमुहूर्तमा सिनेमाका मुख्य कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो । शुभमुहूर्तसँगै सिनेमाको छायांकन २२ गते विहिबारबाट सुरु हुनेछ ।
काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने यस सिनेमाको छायाकंन तालिका २० दिन तय गरिएको छ । ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन रहनेछ । उनको यो डेब्यु निर्देशन हो ।
सिनेमाको प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । यस्तै सिनेमाको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने सिनेमालाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । सिनेमाको छायांकन नरेन्द्र मैनालीले गर्नेछन् ।
आकाश उखेडा मख्य सहायक निर्देशक रहेको सिनेमामा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।