14
काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गीत सार्वजनिक गरिएको हो।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर छ। गीतको भिडियोमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङको अभिनय तथा नृत्य रहेको छ।
सशान कँडेल निर्देशित फिल्मको कथा तथा पटकथा माधव शर्माले लेखेका हुन्। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बनेको फिल्मका निर्माता प्रताप शमशेर राणा हुन्।

