Home Main Highlight News ‘मास्टर्नी’को रहस्यमयी टिजर सार्वजनिक
 

‘मास्टर्नी’को रहस्यमयी टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

झापा । अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘मास्टर्नी’ को टिजर सार्वजनिक भएको छ ।

आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको १ मिनेट १२ सेकेन्ड लामो टिजरले रहस्य, अपराध र आमा–छोरीबीचको भावनात्मक सम्बन्धलाई मुख्य रूपमा प्रस्तुत गरेको छ।

टिजरमा एउटा अप्रत्याशित घटनापछि पात्रहरूको जीवनमा आउने उतारचढाव र छोरीलाई सुरक्षित राख्न आमाले गर्ने संघर्ष देखाइएको छ। फिल्ममा प्रियंका कार्की र सिम्रन खड्का आमा–छोरीको भूमिकामा छन् भने आर्यन सिग्देल, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ल, ऋचा शर्मा, रक्षा थापा, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ।

भारतीय निर्देशक सुभेन्दु घोष निर्देशित फिल्मको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा तथा संवाद शान बस्न्यातले तयार पारेका छन्। फिल्मको पोस्ट–प्रोडक्सन नेपाल र भारत दुवै स्थानमा भइरहेको निर्माण पक्षले जनाएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link