Home Main Highlight News नेपालीपनको गौरव बोल्ने फिल्म ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक (भिडियो)
 

नेपालीपनको गौरव बोल्ने फिल्म ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक (भिडियो)

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर शुक्रबार सार्वजनिक भएको छ । चलचित्र भने असार २७ गतेबाट प्रदर्शनमा आउने तयारी रहेको छ ।
‘यो मन त मेरो नेपाली हो’मा विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, रोशन श्रेष्ठ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुझसिटौला लगायतको अभिनय देख्न सकिनेछ । चलचित्रको टिजरमा नागरिकहरुको पीडालाई दर्शाइएको छ । भाषा, पहिचानको कुरामा दमन भइरहेको देख्न सकिन्छ ।

पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा तयार भएको फिल्मको कथा तथा निर्देशन मित्र प्रधानले गरेका हुन् । चलचित्रको निर्माताका रुपमा ज्ञान बहादुर प्रधान (रोशन) रहेका छन् । चलचित्रको स्क्रिनप्ले र संवाद शिवम् अधिकारीले लेखेका हुन् । सौरभ लामाको छायांकन, देवकुमार महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी त्यस्तै सम्पादक बनिश शाह तथा सिजिआई सत्यम रानाको रहेको छ ।

यो चलचित्रमा राजेशपायल राई, अस्मिता अधिकारी, सविन सुवेदी, अनिष अधिकारी, कमल रसाइलीको गीतहरु रहेका छन् । फिल्मको छायांकन झापा, इलाम साथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउ पश्चिम बङ्गाल र अमेरिकामा गरिएको थियो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link