Home Main Highlight News ‘जनै हराएको मान्छे’को ट्रेलरमा भावनात्मक द्वन्द्व

‘जनै हराएको मान्छे’को ट्रेलरमा भावनात्मक द्वन्द्व

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । भदाै ६ गतेबाट प्रदर्शन हुन लागेकाे चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को ट्रेलर सार्वजनिक भएको छ । जनै पूर्णिमाको अवसर पारेर शनिबार काठमाडौंमा एक कार्यक्रम गरी निर्माण पक्षले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि चलचित्रको मुख्य पात्रले गर्ने संघर्ष देख्न सकिन्छ । ट्रेलरमा कोरिया जान मुख्य पात्रले गरेको संघर्ष, काठमाडौँमा आएपछि ठगिएको कथा र सम्बन्धका भावनात्मक द्वन्द्वका अनेक पाटोहरुलाई समेटिएको छ ।

फिल्मका मुख्य पात्र विजय बराल बाउले लिएको ऋण चुक्ता गर्न कोरिया जानेभन्दै घरबाट हिँडेपछि कसरी काठमाडौंमा अड्किन्छन्, बाउलाई राम्रो घरमा बसाउने उसको सपना पूरा हुन्छ कि हुँदैन ? जस्ता विभिन्न कौतुहलता ट्रेलरले जगाएको छ ।

ट्रेलरमा विजय बरालको दिदीको रुपमा केकी अधिकारी, भिनाजुको रुपमा गौरव पहारी रहेको बुझ्न सकिन्छ । जसमा पारिवारिक कथामा हुने उतारचढाव, निम्न मध्यम वर्गीय आमनेपालीको कथा देखिएको छ ।

‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदैछ । हिमाल न्यौपानेले निर्देशन गरेको यो फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत रहेका छन् ।

फिल्ममा मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

फिल्मको कथा, पटकथा र संवाद भानुझढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्ममा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

अलटाइम ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link