Home Main Highlight News ‘मैझारो’मा दयाहाङले दिए सरप्राइज

‘मैझारो’मा दयाहाङले दिए सरप्राइज

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । चलचित्र ‘मैझारो’को सुटिङ सेटबाट अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक भएको छ । फिल्मको छायांकन अन्तिम चरणमा पुगेको बेला उनी किराँती भेषमा देखिएका हुन् ।

सेटबाट उनको एक हातले तीर हान्दै गरेको तस्वीर सार्वजनिक भएको छ । यसअघि यो फिल्ममा उनी हुने-नहुने विषयमा पनि निर्माण पक्ष मौन रहेको थियो । अन्तत: उनी फिल्ममा जोडिएको बुझिएको छ । निर्देशक विल्सन विक्रम राईले दयाहाङलाई समावेश गरेर दर्शकलाई सरप्राइज दिएका छन् ।

साउनको पहिलो हप्ताबाट इलाममा छायांकन थालिएको मौलिक प्रेमकथामा आधारित ‘मैझारो’मा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङ्देन, सुवाससिंह ठकुरी, विशाल लिम्बु लगायत कलाकारहरू रहने जनाइएको थियो । तर दयाहाङको नाम प्रारम्भिक सूचीमा निर्माण पक्षले खुलाएको थिएन ।
निर्देशक राईकै कथामा तयार भइरहेको यस फिल्मको छायांकन इलामको देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थानहरूमा गरिएको हो ।

विल्सन विक्रम राईकै कथा तथा पटकथामा बनेको ‘मैझारो’मा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ भने राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारी जस्ता चर्चित गायक-गायिकाको स्वर रहनेछ । सौरभ लामाले छायांकन गरेको यस फिल्मको वितरण आरआर फिल्मले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । फिल्म ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको हो ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link