Home Main Highlight News किरण नेपालीको डेब्यू निर्देशनमा ‘महादशा’ बन्ने

किरण नेपालीको डेब्यू निर्देशनमा ‘महादशा’ बन्ने

by Parda Sansar
A+A-
Reset

काठमाडौं । निर्माता किरण नेपालीको डेब्यू निर्देशनमा ‘महाद शा’ नामक नेपाली फिल्म निर्माण हुने भएको छ ।

बुधवार राजधानीस्थित जमलको विश्वज्योति मलको राजा लाउन्जमा आयोजित कार्यक्रममा फिल्मको नाम घोषणा तथा प्री–टीजर सार्वजनिक गरिएको हो । लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्मको प्री–टिजर बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

निर्देशक नेपाली यसअघि दर्जनौँ फिल्ममा निर्माताको रूपमा संलग्न भइसकेका छन् । ‘महादशा’ को प्री–टीजरमा मुख्य कलाकार प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ ।

निर्माण पक्षका अनुसार अन्य कलाकारबारे जानकारी पछि दिइने छ । मनिष गौतमले लेखेको फिल्ममा राजेन्द्र के. शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन् । सुरज आचार्य कार्यकारी निर्माता रहेका छन् ।

फिल्मले संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभावलाई कथावस्तुमा समेट्ने निर्माण पक्षले जनाएको छ । प्राेडक्सन म्यानेजर अनिश अधिकारी र समर चाैलागाई रहेको फिल्मको प्रदर्शन मिति भने छायांकन पूरा भएपछि मात्र घोषणा गरिने छ ।

https://www.youtube.com/watch?v=v3GZ-g4ne0s

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link