Home Main Highlight News सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको डकुड्रामा ‘मौन’ को टिजर सार्वजनिक
 

सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको डकुड्रामा ‘मौन’ को टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको डकुड्रामा ‘मौन’ को टिजर सार्वजनिक भएको छ। कम्पनिको आधिकारिक च्यानलमार्फत सार्वजनिक १ मिनेट १४ सेकेण्ड लामो टिजरमा एक आमाले आफ्नी छोरीसँग आँखाभरि आँसु लिएर भावनात्मक गल्ती स्वीकार गर्दै सुनाएको कथालाई प्रमुख स्थान दिइएको छ । टिजरले अटिजम सम्बन्धी गम्भीर पक्षलाई प्रस्तुत गरेको छ ।

निर्माता तथा निर्देशक रामजी ज्ञवालीका अनुसार टिजर सार्वजनिकसँगै फिल्मलाई देश–विदेशका फिल्म फेस्टिवल, च्यारिटी शो र विशेष स्क्रिनिङहरूमा प्रस्तुत गर्ने तयारी भइरहेको छ। यसअघि फिल्मको दुईवटा पोस्टर सार्वजनिक गरिएको थियो ।

डकुड्रामामा सरोज खनाल, हिउँवाला गौतम, प्रार्थना पाठक, ओजस्वी विक्रम विष्ट, दिवस नाथ लगायतका कलाकारहरुको अभिनय छ । निर्माता–निर्देशक ज्ञवालीले ‘मौन’लाई कुनै व्यावसायिक लाभका लागि नभई समाजमा चेतना र सहानुभूति बढाउन निर्माण गरिएको सामाजिक दायित्वको परियोजना भएको बताए। डकुड्रामाको कथा रामशरण पाठकले लेखेका हुन्।

फिल्मको छायांकन शंकल्प भुजेलले गरेका छन् भने प्रमुख सहायक निर्देशक वसन्त अधिकारी हुन्। सहायक निर्माता हरी क्षेत्री भूपेन्द्र हुन्। ध्वनि डिजाइनिङमा भरत कँडेल, कलर ग्रेडिङमा राजेन्द्र मोक्तान, सम्पादन नहकुल खड्काले गरेका हुन् । रामजीले यसअघि आराध्या, एक लभर, हनिमुन, लिलामी, डार्कमुन, लापत्ता सन्तान, रित्तो गाउँ, मौन, निशब्द लगायतका प्रोजेक्ट बनाइसकेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link