Home Main Highlight News गुरुङ फिल्मको ओटीटी प्लाटफर्म ‘रोधिफ्ल्क्सि’ लन्च
 

गुरुङ फिल्मको ओटीटी प्लाटफर्म ‘रोधिफ्ल्क्सि’ लन्च

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । गुरुङ फिल्मको पहिलो ओटीटी प्लाटफर्म ‘रोधिफ्ल्क्सि’ लन्च गरिएको छ । निर्देशक भोज गुरुङको कम्पनी मुनाल फिल्म्सले रोधि टिभीपछि गुरुङ फिल्मको पहिलो ओटीटीको रुपमा ‘रोधिफ्ल्क्सि’ ल्याएको हो ।

यहाँ आयोजित एक कार्यक्रममा ओटीटी संचालनमा आएको जानकारी दिइयो । विश्व टेलिभिजन दिवसको अवसरमा शुक्रबार सार्वजनिक गरिएको यो ओटीटीमा भविष्यमा अन्य भाषाका फिल्म, म्यूजिक भिडियो र सिरिज अपलोड गर्ने लक्ष्य छ ।

दर्शकले अहिले एन्ड्रोइड (गुगल प्ले स्टोर) मार्फत एप डाउनलोड गर्न सक्नेछन् । साथै, ब्राउजरमा रोधिफ्ल्क्सि डटकममार्फत पनि हेर्न सकिने जनाइएको छ । आइओएसमा भने चाँडै आउने निर्देशक गुरुङले जानकारी दिए ।

ओटीटीमा दर्शकले पहिलो फिल्मको रुपमा ‘कर्म क्याँ’ अर्थात ‘कर्मको बाटो’ हेर्न पाउनेछन् । मुलुकका विभिन्न स्थानमा स्क्रिनिङ भैसकेको यो फिल्म ओटीटीमा आउने पहिलो गुरुङ फिल्म समेत बनेको छ । नेपालीभाषामा ओटीटी प्लाटफर्म संचालनमा रहेपनि आदिवासी फिल्मतर्फ पनि ओटीटी संचालनमा थिएनन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link