Home Uncategorized ‘जिरो डिग्री’मा विजय बराल र सनिशा भट्टराईकाे जोडी
   

‘जिरो डिग्री’मा विजय बराल र सनिशा भट्टराईकाे जोडी

by Parda Sansar
A+A-
Reset

काठमाडौं । छायांकन तयारीमा रहेको फिल्म ‘जिरो डिग्री’ मा शीर्ष अभिनेत्रीमा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । यस सँगै फिल्ममा विजय बराल र सनिशाको जोडीलाई देख्न पाइनेछ ।

हालै मात्र ‘अरे हो नेता जी’ बोलको व्यंग्यात्मक गीत सार्वजनिक गरेर चर्चा बटुलेको यस फिल्ममा सनिशाको प्रवेशसँगै मुख्य कलाकारको लाइनअप पूरा भएको छ ।

‘१२ गाउँ’ बाट फिल्ममा डेब्यू गरेकी सनिशा अभिनित पछिल्लो फिल्म ‘नरसिंहा अवतार’ थियो । उनले हालै पारिजातको चर्चित कृति ‘शिरिषको फूल’ मा आधारित नाटकमा सकम्बरीको भूमिका निर्वाह गरेकी थिइन् ।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म कमेडी जनरामा बन्नेछ । सडक सञ्जाल नपुगेको एक दुर्गम गाउँमा, आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान गाउँ आइपुगुन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर लैजाँदा उत्पन्न हुने परिस्थिति र उथलपुथलपूर्ण घटनामा कथा आधारित हुनेछ ।

निर्देशन तथा पटकथा आकाश बराल र साजन काफ्लेको हुनेछ । कथाकार राजन भुसालले अभिनय समेत गर्नेछन् भने कार्यकारी निर्माता मोती कार्की छन् । निशाल पौडेलले छायाङ्कन गर्ने यस फिल्मको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ ।

https://www.youtube.com/watch?v=RSl_H8OOWmA&t=6s

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link