Home Main Highlight News ‘चिरञ्जीवी भवः’को डबिङ सुरु, माघे १ मा रिलिज हुने
 

‘चिरञ्जीवी भवः’को डबिङ सुरु, माघे १ मा रिलिज हुने

by Parda Sansar
A+A-
Reset

काठमाडौं । आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारी रहेको चलचित्र ‘चिरञ्जीवी भवः’को स्वराङ्कन (डबिङ)को काम सुरु भएको छ । निर्माण पक्षले बिहीबारदेखि चलचित्रको पोस्ट प्रोडक्सनअन्तर्गत डबिङको काम सुरु गरिएको जानकारी दिएको हो ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अभिनेता हरिवंश आचार्यले आफ्नो भागको संवाद रेकर्ड गराउँदै डबिङ सुरु गरेका छन् । चलचित्रको छायांकन सम्पन्न भएसँगै निर्माण टोलीले अब पोस्ट प्रोडक्सनको कामलाई अघि बढाएको हो ।

निर्देशक आचार्यका लागि ‘चिरञ्जीवी भवः’ विशेष चलचित्रका रूपमा हेरिएको छ । गत वर्ष प्रदर्शनमा आएको उनको निर्देशकीय चलचित्र ‘परान’ व्यावसायिक रूपमा सफल भएको थियो । ‘परान’को सफलतापछि आचार्यले निर्देशन गरेको ‘चिरञ्जीवी भवः’प्रति दर्शकको चासो बढेको छ ।

‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धलाई मुख्य कथावस्तु बनाएको छ । बदलिँदो सोच, पुस्तान्तरण र पारिवारिक सम्बन्धका आयामलाई चलचित्रले कसरी प्रस्तुत गर्ला ? यो भने प्रतीक्षाके विषय बनेको छ ।

चलचित्रमा हरिवंश आचार्यसँगै अभिनेत्री करिस्मा मानन्धर, अभिनेता आशीर्वाद क्षेत्री,  प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । प्रशंसाले यो चलचित्रबाट डेब्यु गर्दै छिन् ।

यस्तै चलचित्रमा दीपकप्रसाद आचार्य, कमलमणि नेपाल, हरिश निरौला, सुमन कार्की, मिश्री थापा, सरोज अर्याल, सुवर्ण थापा, गीता अधिकारी, अभयराज बराल, सुस्मिता कुँवर, उमेश बराल, रिस्ता बस्नेत, रुक्मिला अधिकारी, काजल कर्ण, सुरेश थापालगायत कलाकारको पनि अभिनय रहेको छ । बाल कलाकारमा यशदीप आचार्य, उस्ना बराल, दिल्लीराम आचार्य र विभूति गौतम देखिने भएका छन् ।
चलचित्रमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि निर्देशक आचार्यसँगै जोडिएका छन् । उनको कथामा पटकथा तथा संवादमा सविन अधिकारी र वसन्त न्यौपानेले काम गरेका छन् ।

उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता गजित विष्ट र शैलेश खत्री हुन् । चलचित्रको गीतमा निर्देशक दीपकप्रसाद आचार्य स्वयंसँगै रञ्जित गजमेर र हर्क साउदको रहने निर्माण पक्षले जनाएको छ ।

चलचित्रको शिवराम श्रेष्ठले छायांकन गरेका छन् भने गोपाल रायमाझी सिनेम्याटोग्राफर, सम्पादक मित्र डी. गुरुङ रहेका छन् । चलचित्रमा बाबुल गिरी, सुशान्त गौतम, रिकेश गुरुङ र समीर खरेलले संगीत तयार पारेका छन् । त्यस्तै, नृत्य निर्देशन गम्भीर विष्ट र किरण थापाले गरेका छन् ।

चलचित्रमा रामबाबु खड्का प्रमुख सहायक निर्देशकका रूपमा छन् भने सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल सहायक निर्देशकका रूपमा छन् ।

चलचित्रको प्रोजेक्ट म्यानेजर सुवास राज काफ्ले हुन् भने प्रोडक्सन डिजाइन विशाल न्यौपाने छन् । समीर मियाँ  र सत्यम राणा भिजुअल इफेक्ट्स (भीएफएक्स), रेनिश फागो कलर ग्रेडिङ, मेकअपमा विक्रम गौतम र मन्दिरा सापकोटा, हेयर स्टाइलिस्ट सञ्जिता ढकाल, स्टिल तथा बीटीएसमा सन्तोष क्षेत्री, ध्वनि सुजन श्रेष्ठ, आशिष पौडेल पोसाक डिजाइनर, दीपक राई र सीताराम खतीवडा ड्रेस स्टाइलिस्ट, प्रोडक्सनमा विष्णुप्रसाद मैनाली तथा अनिश लामिछाने रहेका छन् ।

रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर रहेको चलचित्रको पब्लिसिटी डिजाइन टौवा स्टुडियोका विजय बस्यालले गरेका छन् ।

‘चिरञ्जीवी भवः’को छायांकन धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न स्थानमा गरिएको हो । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । चलचित्रको देशव्यापी वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गर्नेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link