Home Main Highlight News सिक्किमबाट सुरु भयाे ‘कलेजी ऊनको स्वीटर’को छायांकन
 

सिक्किमबाट सुरु भयाे ‘कलेजी ऊनको स्वीटर’को छायांकन

by Parda Sansar
A+A-
Reset

काठमाडौं । गत वर्षको सुपरहिट फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी ऊनको स्वीटर’को छायांकन सिक्किमको युमथाङ उपत्यकाबाट सुरु भएको छ । लामा गुरुहरूको मन्त्र उच्चारणसहित शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । पहिलो शट भारतीय कलाकार पीयूष मिश्रा र एलेक्स पारसले दिएका थिए ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा पहिलो भागका मुख्य कलाकार विपिन कार्की र मिरुना मगरसँगै पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया फौजा मगरलगायतको अभिनय रहनेछ । फिल्मको छायांकन नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा गरिनेछ ।

 निर्देशक चौहानका अनुसार सिक्वेलले काफ्ले, फूल, डम्बर र ईक्षाको कथालाई अघि बढाउँदै प्रेम, जीवन र मानवीय संवेदनाका नयाँ आयाम प्रस्तुत गर्नेछ । अन्तरजातीय प्रेमकथामा आधारित ‘ऊनको स्वीटर’ले नेपाली बक्स अफिसमा करिब १२ करोड रुपैयाँको व्यापार गरेको थियो ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link