Home Main Highlight News अग्निदहनको गीत ‘दाइ दाइ नभन मलाई’ सार्वजनिक

अग्निदहनको गीत ‘दाइ दाइ नभन मलाई’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । घनश्याम लामिछानेको निर्देशनमा बनेको चलचित्र अग्नि दहनको नयाँ गीत सार्वजनिक भएको छ । ‘दाइ दाइ नभन’ बोलको गीत ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक गरिएको हो ।

पार्वती जीसी र तुलसी क्षेत्रीको आवाजमा रहेको गीतमा पर्शुराम अधिकारीले संगीत भरेका हुन् । लोकमणि पौडेलको उपन्यासमा आधारित फिल्मको यो गीतको शब्द रचना पनि उनैले गरेका हुन् । गीतमा एउटा विवाहको माहोल देख्न सकिन्छ । जहाँ केही महिलाहरु रत्यौली नाचिरहेको बुझ्न सकिन्छ ।

महिलाहरुलाई बोक्सीको आरोप लगाएर दु:ख दिने गरेको सत्य घटनामा आधारित चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी लगायतको अभिनय रहेको छ । कोविदशरण उपाध्यायको प्रस्तुतिमा बनेको यो फिल्म मंसिर ७ गतेबाट हलहरुमा लाग्दैछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link