Home Main Highlight News ‘माइतीघर’ मा जोडिएपछि २०८२ सम्मका लागि यो मेरो अन्तिम चलचित्र

‘माइतीघर’ मा जोडिएपछि २०८२ सम्मका लागि यो मेरो अन्तिम चलचित्र

by Parda Sansar
A+A-
Reset

प्रकाश सपुत पछिल्लो समय गीत–संगीत भन्दा चलचित्रमा बढी व्यस्त बनिरहेका छन् ।

‘परदेशी २’ बाट अभिनेताका रूपमा डेब्यु गरेका प्रकाशको दोस्रो चलचित्र ‘पूर्णबहादुरको सारंगी’ प्रदर्शनमा आइसकेको छ। यतिबेला उनले आफ्नै निर्देशनमा चलचित्र ‘बसन्त’ बनाइरहेका छन् । यो चलचित्र चैत २२ गते रिलिज हुनेछ ।

त्यस्तै, प्रकाशको लाइनअपमा केही चलचित्रहरू छन्। उनले चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा काम गर्दैछन्। केही दिनअघि मात्रै उनले अर्को चलचित्र ‘सोल्टिनी’ साइन गरेका छन् ।

उनी रोहित अधिकारीको चलचित्र ‘माइतीघर’ मा पनि अनुबन्धित भएका छन्। यसको कथा रोचक भएकाले काम गर्न उत्साहित रहेको उनको भनाइ छ । यो २०८२ साल सम्मका लागि आफ्नो अन्तिम चलचित्र भएको प्रकाशले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

यतिञ्जेल चलचित्रमा व्यस्त बन्ने उनी त्यसपछि सांगीतिक यात्रामा निस्किने बताएका छन् ।

‘माइतीघर’ को कुरा गर्दा यसमा प्रकाशसँग केदार घिमिरे (माग्ने बुढा), उपासना सिंह ठकुरी, बुद्धि तामाङ, दिकिला शेर्पाको शीर्ष अभिनय रहनेछ । मिलन तामाङले चलचित्र निर्देशन गर्नेछन् ।

२०८२ सालको दसैंमा चलचित्र प्रदर्शनमा आउनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link