Home Main Highlight News बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को शीर्ष भूमिकामा वर्षा सिवाकोटी

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को शीर्ष भूमिकामा वर्षा सिवाकोटी

by Parda Sansar
A+A-
Reset

काठमाडौं । टेलिभिजन श्रृंखलाका चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले निर्देशन र निर्माण गर्न लागेको फिल्म ‘गोबर गणेश’मा कलाकार अनुबन्धित हुने क्रम जारी छ ।

फिल्मको शीर्ष भूमिकामा अभिनेत्री वर्षा सिवोकाटी अनुबन्धित भएकी छन् । निर्माता र सिवाकोटीबीच विहिबार लिखित सम्झौता भएको छ । वर्षालाई लिड हिरोइनको रुपमा अनुबन्धित गरिएको जानकारी ‘बल्छी धुर्बे’ले दिए ।

यसअघि यो फिल्ममा ‘होस्टेल ३’बाट चम्किएका पदम तामाङ, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजना घिमिरे ‘पुकु’ अनुबन्धित भैसकेका छन् । ‘मेरी बास्सैै’ टिभी श्रृंखलाबाट चम्किएका कलाकार बल्छी धुर्बेले यो फिल्मबाट ठूलो पर्दामा करिअर अघि बढाउँदैछन् ।

मरिचमानको आफ्नै फिल्म निर्माण कम्पनी बल्छी धुर्बे फिल्म्स प्रालिले यो फिल्म निर्माण गर्दैछ । भदौ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मको प्रदर्शन मिति फागुन १ भनिएपनि सोभन्दा अघि नै रिलिज हुने सम्भावना रहेको बल्छी धुर्बेले बताए ।  प्रदर्शन मितिबारे औपचारिक पुष्टि हुन बाँकी छ ।

अभिनेत्री सिवाकोटीको कुरा गर्दा २०८२ साल उनलाई फापेको देखिन्छ । ‘छक्कापञ्जा’को पाँचौ श्रृंखलापछि उनी एकपछि अर्को फिल्ममा ब्यस्त हुन थालेकी छन् ।

हालैमात्र ‘माग्ने राजा’को छायांकन सकेकी उनले ‘कार्की साइँला’, ‘कस्तूरी’ लगायतका फिल्म साइन् गरेकी छन् । यसबाहेक उनीसँग अन्य फिल्मको पनि औपचारिक लाइनअप तयार हुन लागेको स्रोतले जनाएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link