Home Main Highlight News शंकर बिसिको तीज गीत ‘साइली छोरी’ सार्वजनिक

शंकर बिसिको तीज गीत ‘साइली छोरी’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । नेपाली लोकसंगीतको क्षेत्रमा दशकौँ देखिको सक्रियता, अभिनय, निर्देशन र कोरियोग्राफीमार्फत दर्शकको मन जितिसकेका शंकर बिसि पछिल्ला वर्षहरूमा एक सफल सर्जकको रूपमा पनि स्थापित हुँदै गएका छन्।

उनकै शब्दमा आधारित तीज गीत ‘साइली छोरी’ हालै सार्वजनिक भएको छ। गायिका देबिका केसी र रामकुमार नेपालीको स्वर रहेको यस गीतमा संगीत पनि रामकुमार नेपालीकै रहेको छ।

भिडियो निर्देशन र कोरियोग्राफी शंकर बिसिकै रहेको यस गीतलाई छायांकन गरेका हुन् दुर्गा पौडेलले, जबकि नवीन घर्ति मगरको सम्पादनमा भिडियो तयार पारिएको हो।

गीतको भिडियोमा शंकर बिसि स्वयं र जुना बिश्वकर्माको उत्कृष्ट नृत्य प्रस्तुत गरिएको छ, जसले गीतलाई झनै प्रभावशाली बनाएको छ।

शंकर बिसिको ‘साइली छोरी’ तीजको सन्दर्भमा मात्र सीमित नरही आम नेपाली चेलीबेटीको भावना र संवेदनालाई उजागर गर्ने कोशिसको रूपमा पनि बुझ्न सकिन्छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link