Home Main Highlight News स्कटल्याण्डमा नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल, ‘सुगुप’ र ‘गाउँ आएको बाटो’ उत्कृष्ट

स्कटल्याण्डमा नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल, ‘सुगुप’ र ‘गाउँ आएको बाटो’ उत्कृष्ट

by Parda Sansar
A+A-
Reset

एडिन्बरा । स्कटल्याण्डको राजधानी एडिन्बरामा पहिलो पटक आयोजित ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल-२०२५’ भव्य रुपमा सम्पन्न भएको छ ।

आयोजक संस्थाहरुमध्ये एक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ का अध्यक्ष अरुणकुमार प्रधानका अनुसार बेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यतामा गत शनिबार आयोजित फेस्टिभलमा स्थानीय समुदायका नेपाली दर्शकको उत्साहजनक सहभागिता रहेको थियो ।
एडिन्बराका सांसद फेजल चौधरीको विशेष आतिथ्यतामा आयोजित फेस्टिभल नेपाल स्कटल्याण्ड एसोसिएसन तथा नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश नं. १ को को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

अर्को आयोजक संस्था नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाल इन्डिजिनियस फिल्म फेस्टिभलको रुपमा एउटा ऐतिहासिक कार्यक्रम आयोजना गरिएको बताउँदै लघु चलचित्र, डकुमेन्ट्री तथा फिचर फिल्मका विभिन्न विधामा पुरस्कार प्राप्त गर्न सफल सबै सर्जकलाई बधाई ज्ञापन गरेका छन् ।

फेस्टिभलका विजेताहरु
सर्ट फिल्म तर्फ
उत्कृष्ट सर्ट फिल्म – खिल (निर्देशक: विकास मगर)
उत्कृष्ट सर्ट फिल्म जुरी अवार्ड : लैलासा पराहेके (निर्देशक: विनोद पुडासैनी)

डकुमेन्ट्रीतर्फ
उत्कृष्ट डकुमेन्ट्री : एभरेष्ट मम (निर्देशक : संगीता श्रेष्ठ)
उत्कृष्ट डकुमेन्ट्री जुरी अवार्ड : डिभाइन डिल्लेमा (निर्देशक : केपी पाठक)

आदिवासी-जनजाति फिल्म अवार्ड
उत्कृष्ट पटकथा – हेमन्त कृष्ण पाङधक (फिल्म : हाङनन्द)
उत्कृष्ट अभिनेता – पूर्ण लिम्बु (फिल्म : नाम्लो)
उत्कृष्ट अभिनेत्री – अशिष्मा नकर्मी (फिल्म – लाखे आजु)
उत्कृष्ट निर्देशक जुरी अवार्ड : सागर केरुङ (फिल्म – छे)
उत्कृष्ट निर्देशक – प्रितम गुरुङ (फिल्म – मुखिया)
उत्कृष्ट फिल्म – सुगुप (निर्देशक – लोकेन सबा लिम्बु)
विशेष उल्लेख अवार्ड- नाचोङ (निर्माता- ज्योति राज राई)

मूलधारको फिल्म (आदिवासी विषयवस्तु)
उत्कृष्ट पटकथा – महेश राई (फिल्म- गाउँ आएको बाटो)
उत्कृष्ट चरित्र अभिनेत्री – सिर्जना सुब्बा (फिल्म – अञ्जिला)
उत्कृष्ट चरित्र अभिनेता – माओत्से गुरुङ (फिल्म- अञ्जिला)
उत्कृष्ट नव अभिनेता – रितेश चाम्स (फिल्म – गुर्खा वारियर)
उत्कृष्ट नव अभिनेत्री- सृजना निङ्लेखु (फिल्म- कार्साङ)
उत्कृष्ट अभिनेता – दयाहाङ राई (फिल्म- गाउँ आएको बाटो)
उत्कृष्ट अभिनेत्री – मिरुना मगर (फिल्म- घर ज्वाइँ)
उत्कृष्ट निर्देशक – मिलन चाम्स (फिल्म- अञ्जिला)
उत्कृष्ट फिल्म – गाउँ आएको बाटो

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link