Home Main Highlight News फ्रेनियाको टिजर सार्वजनिक

फ्रेनियाको टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । अभिनेता, निर्माता सुवास थापाको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘फ्रेनिया’ को टिजर सार्वजनिक गरिएको छ । ‘कोही मेरो’,‘तोरी लाहुरे’,‘ब्रेकफेल’,‘सरि ल’,‘तथास्तु’,‘बिर्खेलाई चिन्छस्’ लगायतका फिल्मका अभिनेता सुवासको ‘फ्रेनीया’ अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुलाई लक्षित गरि निर्माण गरेको बताएका छन् ।

एक दशकयता अमेरिकामा बस्दै आएका सुवासले त्यहाँ पनि कलाकारितालाई निरन्तरता दिइरहेका छन् । उनले त्यहाँ ‘जिन्दगानी’,‘तिमी आफ्नो’,‘कुल्चिहिड्छन फूललाई’लगायतका म्युजिक भिडियो तथा केही सर्ट फिल्म र सिरिजमा अभिनय गरेका छन् ।

एक चित्रकारको मनोवैज्ञानिक संघर्ष र सृजनाको बिषयमा निर्माण गरिएको ‘फ्रेनीया’ जम्मा २० मिनेट लामो छ । सुवास स्वयम्को निर्देशन रहेको सर्ट फिल्मको निर्मातामा सुवास थापा, सुप्रिम बास्कोटा, नरेन्द्र साउद, हेमन्त न्यौपाने र बेजान फरामार्जी छन् भने सुवर्ण थापा र नारायण पुरी कार्यकारी निर्माता छन् ।

बेजान फरामार्जीले खिचेको फिल्म पेगासस इन्टरटेन्मेन्टले निर्माण गरेको हो । सर्ट फिल्मम सुवास स्वयम् मुख्य भूमिकामा छन् । ‘बिर्खेलाई चिन्छस्’ निर्माण गरेका सुवास अर्को बर्ष नयाँ नेपाली फिचर फिल्म निर्माण गर्ने योजनामा छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link