Home Main Highlight News ‘मर्छु हजुर’ गीतमा पल र अनिताको प्रेम
 

‘मर्छु हजुर’ गीतमा पल र अनिताको प्रेम

by Parda Sansar
A+A-
Reset

काठमाडौं । अभिनेता पल शाह र अनिता गिरी अभिनित ‘मर्छु हजुर’  म्युजिक भिडियो रिलिज भएको छ।

बुधबार सुनिल दवाडी नामक युटुब च्यानलबाट रिलिज भएको हो । सुनील दवाडी प्रस्तुतकर्ता रहेको यस गीतको भिडियोमा अभिनेता पल शाह र अनिता गिरीको जोडीलाई देख्न सकिन्छ। एकअर्काबीचको मायामा गढिएका युवायुवतीको कथामा गीतको भिडियो निर्माण गरिएको छ। गीतको भिडियोलाई चर्चित कोरियोग्राफर तथा निर्देशक बिक्रम चौहानले गरेका हुन्।

गायक धुब्र बिक र गायिका मनिषा सुनारले गाएको यस गीतमा शब्द संगीत ज्ञानेन्द्र गिरीको छ। गीतको एरेन्ज,मिक्सिङ र मास्टरिङ सुलभ घिमिरेले गरेका छन् । यसअघि अनिता गिरीले एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।  उनको पहिलो म्युजिक भिडियो भने ‘बैगुनीले गएको थियो छोडेर’रहेको छ। उनी म्युजिक भिडियोमा मात्र सिमित रहेकी छैनन्। यस अन्तरालमा आधा दर्जन भन्दा बढि नेपाली फिल्ममा अभियन गरिसकेकी छन् ।

फिल्म ‘नम्बरी सुन’,‘दान्भी’,‘रावायण’,‘आउट ल’लगायतमा उनको अभिनय रहेको छ । जुन फिल्महरु प्रदर्शनमा आइसकेका छन् भने केही आउने तयारीमा रहेको गिरीले बताइन् । अनिता पछिल्लो समय व्यस्त मोडल तथा अभिनेत्री समेत हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link