Home Main Highlight News फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘सुख दुःख जिन्दगानी’ सार्वजनिक
   

फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘सुख दुःख जिन्दगानी’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । लक्ष्मण सुनार निर्देशित फिल्म प्रदर्शन तयारीमा रहेको फिल्म ‘परालको आगो’ को दोस्रो गीत ‘सुख दुःख जिन्दगानी’ युट्युबमा रिलिज भएको छ । गीतमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर समावेश छ ।

सपुतकै शब्द तथा संगीत रहेको गीतमा सुदीप सागरको संगीत संयोजन छ । गीतमा सपुत र सुहाना थापाको अभिनय छ ।

लोकलयमा आधारित गीतले दर्शकको मन जित्ने देखिन्छ । घाँस दाउरा, बाख्रा गोठालाको दृश्यलाई चित्रण गरिएको छ । नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

यसअघि सार्वजनिक गीत ‘उडि जाऊँ भने म पंक्षी होइन’ले सामाजिक सञ्जालमा लोभलाग्दो भ्यूज पाइरहेको छ ।

गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र मन्जिला बानियाँको अभिनय छ ।

हरिओम सिनेमेकर्स प्रालिको ब्यानरमा निर्मित फिल्ममा सुशील पोखरेलको लगानी छ । ‘परालको आगो’ ११ बैशाखदेखि प्रदर्शन तयारीमा छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link