Home Main Highlight News सन्दकपुरमा तेस्रो रेड पाण्डा महोत्सव सम्पन्न
   

सन्दकपुरमा तेस्रो रेड पाण्डा महोत्सव सम्पन्न

इलामलाई नेचुरल फिल्म स्टुडियोको रुपमा विकास गर्न आवश्यक : केवल तामाङ

by Parda Sansar
A+A-
Reset

इलाम । नेपाल-भारत क्रस बोर्डर टुरिजम प्रबर्द्धन गर्नका लागि आयोजित तेस्रो रेड पाण्डा महोत्सव २०२६ इलामको सन्दकपुर-४ कालपोखरीमा सम्पन्न भएको छ । चैत २० बाट सुरु भएको फेस्टिभलको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले गर्नु भएको थियो । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रबर्द्धन गर्ने र स्थानीय पर्यापर्यटनलाई जोड्ने उद्देश्यसहित आयोजित महोत्सव चैत २३ गते सम्पन्न भएको छ ।

महोत्सवमा चलचित्र विकास बोर्डको तर्फबाट चलचित्र अन्तर्राष्ट्रिय प्रबर्द्धन समिति सदस्य केवल तामाङ, सिक्किम चलचित्र बोर्डका प्रतिनिधि पविरत्न शाक्य, कल्चर विङका सचिव किरण लेप्चा, नायिका श्यामाश्री शेर्पा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न शीर्षकमा प्यानल डिस्कसन गरिएको थियो । पत्रकार सुजन तिम्सिना र विप्लव भट्टराईको सञ्चालनमा भएको प्यानल डिस्कसनमा केवल तामाङले यस क्षेत्रलाई प्राकृतिक चलचित्र स्टुडियोको रुपमा विकास गरी सन्दकपुर गाउँपालिकासँगै इलाम जिल्लालाई चलचित्र पर्यटनसँग जोड्नु पर्ने धारणा राख्नु भयो । उहाँले यहाँको कला, भाषा, संस्कृति र पर्यटकीय क्षेत्रहरूको संरक्षण गर्दै नेचुरल फिल्म स्टुडियोको रुपमा विकास गर्न जोड दिनुभएको छ ।

कार्यक्रममा नायिका श्यामाश्री शेर्पाले शुभकामना मन्तव्य राख्दै सिक्किममा मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) को भिजनअनुरुप चलचित्र र पर्यटन क्षेत्र द्रुत गतिमा विकास भइरहेको बताउनुभयो । उहाँले दुई देश बिचको चलचित्रकर्मी साथै पर्यटन अभियन्ताको सहकार्य जरुरी रहेको बताउँदै महोत्सवमा आफू सहभागी भएको बताउनु भयो ।

नेपाल र सिक्किमका चलचित्रकर्मीहरु बीच सहकार्य गरी चलचित्र निर्माण र पर्यटन प्रवर्धनमा टेवा र्पुयाउन आफूहरु सधैँ तयार रहेको पविरत्न शाक्यको भनाइ छ ।

यस क्षेत्रमा छायाँकन गर्न आउन र आवश्यक सहयोग गर्न तत्पर रहेको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ बताउनुभयो । यस्ता कार्यक्रमले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने केचना कञ्चनजङ्घा पर्यटन विकास समितिका पूर्व कार्यकारी निर्देशक केशव धौरालीले बताउनुभयो ।
विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित आयोजित महोत्सवमा बङ्गाल, आसाम, दार्जिलिङ, मेघालय, दिल्ली लगायत विभिन्न मुलुकका पर्यटन अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

इलामको सन्दकपुर गाउँपालिकाको माबु दोवाटे, जौवारी, हाागेथाम, जमुनाको चोयाटार, टप्पु, माईजोगमाईको प्याङ पातल सामुदायिक वन, जोगमाईको माथिल्लो सामुदायिक वन लगायतमा रेडपाण्डा पाइन्छ ।

यसअघि २०८० र २०८१ मा दुई संस्करण सफलतापूर्वक महोत्सव सम्पन्न भइसकेको छ। रेडपाण्डा महोत्सवमा ४३ किलोमिटर लामो पदमार्ग जोडिएको छ । जसले माईपोखरीदेखि ढापपोखरी हुँदै जौबारीसम्म जोड्छ। उक्त पदमार्गमा विभिन्न दुर्लभ वन्यजन्तु, मुनालसहितका सयौँ प्रजातिका चराचुरुङ्गी तथा समृद्ध जैविक विविधताको अध्ययन गर्न सकिन्छ ।

महोत्सवमार्फत ती गन्तव्यहरूको प्रचार-प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भितर््याउने लक्ष्य राखिएको छ । कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश पर्यटन कार्यालय झापा, केचना-कञ्चनजङ्घा पर्यटन विकास समिति तथा रेड पाण्डा नेटवर्क लगायत संस्थाहरूले प्रवर्धन गरेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link